न्याभद्वारा साइबर सुरक्षा सम्बन्धि जनचेतनामूलक भिडियो सिरिजको निर्माण

न्याभद्वारा साइबर सुरक्षा सम्बन्धि जनचेतनामूलक भिडियो सिरिजको निर्माण

एएनएमसीद्वारा कलश यात्रामा मौलिक भेषभुषा सहित सहभागी हुन नेपाली समुदायलाई अनुरोध
मेलबर्नमा धार्मिक महोत्सव हुँदै

प्रविधिले मारेको फड्को संगै नयाँ किसिमबाट भइरहेका ठगी र नेपाली समुदायका व्यक्तिहरु त्यसको शिकार बनिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले जनचेतनामूलक भिडियोहरुको निर्माण गरेको छ। यसका संयोजक तथा संस्थाका उपाध्यक्ष सुदीप श्रेष्ठले नेपाली समुदायप्रति संस्थाको उत्तरदायित्वलाई मनन गर्दै भिडियो निर्माण कार्यक्रमको योजना अगाडी बढेको बताउनुभयो।

रोचक संगै प्रभावकारी ढंगले संदेश प्रवाह गर्ने उद्देश्यले भिडियोहरु कथामूलक बनाइएको छ। सुशील चालिसेको निर्देशनमा बनेका भिडियोहरुमा सामाजिक संजाल ह्याक हुने, घरभाडा, प्रेमसम्बन्ध, व्यापार जस्ता सन्दर्भ जोडिएर हुने ठगी लगायतका विषयहरु समेटिएका छन्। भिडियोहरुको छायांकन तथा सम्पादन सुवास बस्ताकोटीले गर्नुभएको हो।

अष्ट्रेलियाली सरकारद्वार सहयोग प्राप्त यी भिडियोहरु न्याभको आधिकारिक फेसबुकमा प्रकाशन गरिएको छ। भिडियोहरुमा अन्जु अधिकारि, सुनिल पराजुली, सुनिल खड्का, सम्झना उप्रेती र सुनिता श्रेष्ठले अभिनय गर्नुभएको छ।

क्लिक गर्नुहोस्:

Toll Scam Alert – सजक बनौं!

Rental Scam Alert – घर भाडामा? 🏠 सावधान हुनुहोस्! ⚠

Romance Scam Alert (Online Dating Fraud)

Online Safety Alert

Social Media Hack Alert!

Invoice Scam Alert (Business Impersonation)

COMMENTS

WORDPRESS: 0
DISQUS: