काठमाडौं । अहिले वर्षाको मौसम शुरु भएको छ । कतिखेर पानी पर्छ भन्ने ठेगान हुँदैन । पानी पर्छ भनेर बाहिर निस्किन्न भन्ने पनि हुँदैन ।
वर्षाको पानीमा रुझ्दा विभिन्न किसिमका मौसमी स्वास्थ्य समस्याहरु देखिनसक्ने भाइरोलोजिस्टहरु बताउछन् । कोरोना र पानीमा रुझ्दा देखिने स्वास्थ्य समस्याका लक्षण उस्तै उस्तै देखिन्छ । त्यसैले कतै कोरोना पो लाग्यो कि भन्ने चिन्ता पनि बढ्छ । रुघा,खोकी र ज्वरो कोरोना र पानीमा रुझ्दा देखिने सामान्य लक्षणहरु हुन् । यो मौसममा क्षणमै पानी र क्षणमै चर्को घाम लाग्ने हुन्छ । यसले स्वास्थ्यमा झन समस्या देखापर्ने सम्भावना रहन्छ । त्यसैले यो मौसममा बिरामी हुनबाट जोगिन थप सावधानी अपनाउनुपर्छ । पानीमा रुझ्नबाट बच्नु सबैभन्दा उत्तम उपाय हो ।
वर्षाको समयमा खानपानमा ध्यान दिनुपर्ने कुराहरु
-वर्षाको समयमा हरिया पातयुक्त साग सब्जी खानुहुँदैन । किनभने यो समय विभिन्न किरा र किटाणुहरुले अण्डा पार्ने समय हो । हरिया साग सब्जीको सट्टामा लौका, करेला,पर्वल,फर्सी, भेन्टा खानु उत्तम हुन्छ ।
-वर्षाको समयमा मसलेदार र बढी तेलयुक्त खानेकुराबाट टाढै रहनुपर्छ । किनभने यस्ता खानेकुराले पाचन प्रणालीलाई घटबढ बनाइदिने खतरा हुन्छ ।
-अमिलो र एसिडयुक्त खानेकुराबाट पनि यो मौसममा टाढै बस्नुपर्छ ।
-वर्षाको समयमा वाफमा उसिनेको र राम्रोसँग पकाएको खानेकुरा मात्र खानुपर्छ ।
-गाईको शुद्ध दूध सजिलैसँग पच्ने हुनाले यो समयमा सेवन गर्नु फाइदाजनक हुन्छ ।
-वर्षाको समयमा साँझको खान हलु र सुत्नुभन्दा कम्तीमा २ घण्टा अगाडि खानुपर्छ ।
-मुँगको दाल सजिले पचाउन सकिने भएकोले वर्षामा स्वास्थ्यका लागि उत्तम हुन्छ ।
-माछा,मासु कम सेवन गर्नु स्वास्थ्यको दृष्टिले लाभकारी हुन्छ ।
-वर्षाको समयमा दही खानेले साँझ छिप्पिनु अघि खानुपर्छ ।
-शुद्ध घ्यूले खानेकुरा पचाउन, प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नुको साथै तनाव हटाउने र स्मरण शक्ति बढाउछ । त्यसैले वर्षाको मौसममा गाईको शुद्ध घ्यूको सेवन गर्नु राम्रो हुन्छ ।

COMMENTS