मलेसियामा प्रहरी हेलिकप्टर दुर्घटना, सामुद्रिक प्रहरीद्वारा उद्धार

मलेसियामा प्रहरी हेलिकप्टर दुर्घटना, सामुद्रिक प्रहरीद्वारा उद्धार

मलेसिया । बिहीबार बिहान मलेसियामा जोहरको गेलाङ्ग पाटास्थित सुङ्गाई पुलाई नजिकै एउटा प्रहरी हेलिकप्टर दुर्घटनामा परेको छ। हेलिकप्टर पानीमा खसेको थियो । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै पाइलटसहित हेलिकप्टरमा सवार पाँचै जना सकुशल रहेको जनाएको छ।

उनीहरूलाई सामुद्रिक प्रहरीले उद्धार गरेको थियो।  पाँचमध्ये दुई जना गम्भीर घाइते रहेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूलाई चिकित्सकीय परीक्षण र उपचारका लागि जोहर बारुको सुल्तानाह अमिनाह अस्पतालमा लगिएको छ।’

हेलिकप्टर बिहान ९: ५१ बजे तान्जुङ्ग कुपाङ्ग प्रहरी चौकीबाट उडेको थियो। दुर्घटनाको कारणलगायत अन्य विवरणहरू प्रदान गरिएको छैन। प्रहरी महानिरीक्षक खालिद इस्माइलले एएस ३५५ एन विमान बिहान करिब १०: २५ बजे दुर्घटनाग्रस्त हुँदा एक क्षेत्रीय सुरक्षा तालिम अभ्यासमा भाग लिइरहेको बताए।

उनले यातायात मन्त्रालय अन्तर्गतको वायु दुर्घटना अनुसन्धान ब्युरोले विस्तृत छानबिन गर्ने पनि बताए।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0